१७ माघ २०८२, शनिबार | January 31, 2026

देवघाटमा भक्तजनको घुइँचो



नारायणघाट । साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।

गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने श्रद्धालुको घुइँचो लागेको हो । साउन महिनाको सोमबारलाई विशेषरूपमा भगवान् शिवको आराधना गर्ने पवित्र दिन मानिन्छ । यसै सन्दर्भमा आज देशका विभिन्न स्थानबाट आएका भक्तजन देवघाटमा बिहानैदेखि पूजाआजा तथा स्नानमा व्यस्त देखिएका छन् ।

श्रद्धालुहरू नदीमा स्नान गरेर व्रत बसेका छन् भने शिव मन्दिरमा पूजा, अर्चना तथा जल चढाउने कार्यमा सहभागी भएका छन् । साउन सोमबारको अवसरमा देवघाटमा बोलबम मेला लाग्ने परम्पराअनुसार आजको दिन विशेष रूपमा उत्सवका रूपमा मनाइएको छ ।

देवघाट क्षेत्र विकास समिति कार्यालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार, साउन महिनाभरि आउने भक्तजनको मोटामोटी तथ्याङ्क सङ्कलन गरिँदै आएको छ ।

उनले भने, “चितवन र तनहुँ दुवैतर्फ कर्मचारी खटाएर भक्तजनको सङ्ख्याबारे जानकारी लिइन्छ । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तथ्याङ्क सङ्कलनको व्यवस्था छ, तर अन्य समय भक्तजन आउने भएकाले औसत सङ्ख्याको मात्र विवरण आउँछ ।”

समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, यसवर्ष दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । उनले भने, “आज बिहानैदेखि पानी परे पनि भक्तजनको उपस्थिति बाक्लो छ । गत वर्ष बाढीपहिरोका बीच पनि झण्डै दुई लाख भक्तजन आएका थिए, यो वर्ष त्योभन्दा सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ ।”

भक्तजनको सुरक्षाका लागि स्थानीय प्रशासन र क्षेत्र विकास समितिको सहकार्यमा ट्राफिक व्यवस्थापन, स्वास्थ्य सहायता र सुरक्षा व्यवस्थापनको व्यवस्था मिलाइएको छ । प्रहरी, स्वयंसेवक तथा प्राथमिक स्वास्थ्य टोली तैनाथ गरिएको कार्यकारी निर्देशक बरालले जानकारी दिए। भक्तजनको आगमनसँगै स्थानीय व्यवसायमा चहलपहल बढेको देखिन्छ । देवघाटको चितवन र तनहुँतर्फका दुवै किनारमा फूलमाला, पूजा सामग्री, फलफूल तथा खाजाका पसलमा उल्लेख्य घुइँचो लागेको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १ : ३२ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी