२९ असार २०८३, सोमबार | July 13, 2026

उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण



बुटवल । बुटवलमा उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषका विषयमा अभिमुखीकरण गरिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा आज सङ्घमा आबद्ध उद्योगी व्यवसायीलाई अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवल शाखाका कार्यालय प्रमुख केदार पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आबद्ध हुने प्रक्रिया, प्राप्त हुने लाभ र आश्रित परिवारले पाउने सेवा सुविधालगायतका विविध विषयमा जानकारी गराएका थिए ।

उनका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक तथा रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो । जसमा योगदानकर्ता कामदारको नाममा मासिक तलबको ३१ प्रतिशतको दरले रकम जम्मा हुन्छ । त्यसमध्ये कामदारको तलवबाट ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने उनले बताए ।

त्यसबापत कोषले दुर्घटना बिमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालीन पेन्सनलगायतका सेवा प्रदान गर्दछ । उक्त कोषमा औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र वैदेशिक रोजगारदाता पनि यो कोषमा आबद्ध हुन सक्नेछन् ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकलाई भविष्यमा आइपर्ने सङ्कटको सामना गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षा र सुविधा समेत प्राप्त हुने भएकाले निम्न आय भएका व्यक्तिका लागि बलियो टेवा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले साउथ एसियाको कुल गार्हस्थ उत्पादनको आधारमा नेपालमा श्रमिकलाई दिइने न्यूनतम पारिश्रमिक एकदमै राम्रो रहेको र यहाँको महँगीलगायतका आधारमा ज्यादै न्यून रहेको बताउँदै यी दुईबीचको तारतम्य नमिल्दा युवाहरु विदेश पलायन भइरहेको भनाइ राखे । उनले सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीको समेत हितमा रहेको बताउँदै यसलाई अझै वैज्ञानिक बनाउन आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : ०३ बजे

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा