२८ भदौ २०८३, आइतबार | September 14, 2026

सुनको मूल्य सामान्य घट्यो, चाँदीमा थोरै वृद्धि



काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजारमा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा एक लाख ९३ हजार छ सय रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रति तोला दुई हजार २९५ मा कारोबार भएको चाँदी आज २३ सय मा पुगेको छ।

यसैगरी, १० ग्राम सुनको मूल्य आज एक लाख ६५ हजार ४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य १९ सय ७२ रुपैयाँ रहेको छ।

सुनचाँदीका मूल्यहरू अन्तर्राष्ट्रिय बजार, विनिमय दर र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छन्।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : १४ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा