५ माघ २०८२, सोमबार | January 20, 2026

मुख्यमन्त्रीका पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप जारी



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आज आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ ।

संसदीय दलको कार्यालय धनगढीमा बसेको बैठकपछि बिहीबार बस्न लागेको प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरिएको सो दलका प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलले दलका नेता एवं मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतका पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय यसअघि गरेको थियो ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीबाट प्रदेशसभाबाट विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम यही साउन १७ गते भित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ ।

नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सत्तापक्षीय दल कांग्रेस र एमालेसँग प्रदेशसभामा बहुमत कायम छ ।

नाउपाबाट सरकारमा सहभागी मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरिएपछि बसेको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रदेशसभामा चौथो ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ प्रदेशसभा सदस्य छन् ।

प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्वित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : १८ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच