८ बैशाख २०८३, मंगलबार | April 21, 2026

मुख्यमन्त्रीका पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप जारी



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आज आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ ।

संसदीय दलको कार्यालय धनगढीमा बसेको बैठकपछि बिहीबार बस्न लागेको प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरिएको सो दलका प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलले दलका नेता एवं मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतका पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय यसअघि गरेको थियो ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीबाट प्रदेशसभाबाट विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम यही साउन १७ गते भित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ ।

नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सत्तापक्षीय दल कांग्रेस र एमालेसँग प्रदेशसभामा बहुमत कायम छ ।

नाउपाबाट सरकारमा सहभागी मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरिएपछि बसेको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रदेशसभामा चौथो ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ प्रदेशसभा सदस्य छन् ।

प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्वित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : १८ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई