५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

सुदूरपश्चिमको राजधानी अन्यत्र सार्ने षडयन्त्र भएको एकीकृत समाजवादीको आरोप



कैलाली । नेकपा(एकीकृत समाजवादी) गोदावरी नगर र चुरे गाउँपालिका संगठनले  गोदावरी राजधानीका लागि प्रस्तावित जग्गा भोगाधिकार दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल मार्फत सुदूरपश्चिम प्रदेशको राजधानी तोकीएकै ठाउँमा जग्गा भोगाधिकारको निर्णय गरिदिन ध्यानाकर्षण पत्र बुझाएको नेकपा(एकीकृत समाजवादी) चुरे गाउँकमिटी इन्चार्ज सुरेन्द्र खडायतले जानकारी दिए ।

ज्ञापनपत्र बुझाएपछि एकीकृत समाजवादीले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो क्षेत्रमा जग्गा भोग चलनको कानूनी अड्चनका कारण देखाई अहिलेको नेपाली कांग्रेस र एमालेको गठबन्धको सरकारले राजधानी अन्यन्त्र सार्ने प्रपन्च गरीरहेको भन्ने हाम्रो बुझाई छ, दुई तिहाईको सरकारले पारित गरेको ठाउँमा नेपाल सरकारले मन्त्रीपरिष स्तरिय निर्णय गराई प्रदेश सरकारलाई जग्गा भोगचलनको अधिकार प्रत्यायोजन गर्न नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारी मार्फत गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं ।झ

सुदूरपश्चिम प्रदेश सभाले २०७५ साल असोज १२ गते प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नं २ तोक्ने प्रस्ताव सभाबाट पारित गरेको थियो । संघिय सरकारले जग्गा भोगाधिकार नदिएका कारण कार्यन्वयनमा समस्या भएको एकीकृत समाजवादीको ठहर छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ८ : ०६ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही