२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कारिकोट चण्डी भञ्ज्याङ् पहाड घर भएका स्याङ्जालीले गरे बुटवलमा रक्तदान



बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ् सम्पर्क समाज रुपन्देहीद्वारा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३३ युनिट रगत संकलन गरिएको समाजका संयोजक पिताम्बर शर्माले जानकारी दिए ।

रक्तदान, जीवन दान भन्ने मूल नारासहित संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष शालिकराम पाण्डेयले बताए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य तथा एक स्वस्थ मानिस रक्तदानमा सहभागी बन्नुपर्छ भन्ने सन्देशसहित कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदान जस्तो महान अभियानमा मानिसहरुलाई जोड्नका लागि सामाजिक संघ–संस्थाहरुले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित रक्तदाता समाजले विभिन्न सचेतनामूलक गतिविधिहरु समेत गर्दै आएको बताउँदै चौहानले उक्त अभियानमा अन्य सामाजिक संघ–संस्थाहरु पनि जोडिनु सकारात्मक पक्ष भएको उल्लेख गरे ।

गण्डकी प्रदेश स्याङ्जा जिल्लाको कारिकोट चण्डी भञ्ज्याङ् घर भई हाल रुपन्देहीका बुटवल तथा विभिन्न क्षेत्रमा पेसा व्यवसाय गर्दै अस्थायी तथा स्थायी रुपमा बसोबास गर्नेहरु मिलेर सम्पर्क समाज स्थापना गरिएको हो । उक्त समाजले विभिन्न समयमा सामाजिक सेवा सम्बन्धी सिर्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्नुका साथै आफ्ना सदस्यहरुमा आइपर्ने विपद् तथा भवितव्य घटनाहरुमा सरसहयोग गर्दै आएको अध्यक्ष पाण्डेयले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : २५ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू