१९ बैशाख २०८३, शनिबार | May 2, 2026

दिव्य पशुपतिनाथ सफाइमा कलाकार



काठमाडौँ । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज कलाकर्मीहरूले पशुपतिनाथ मन्दिर परिसरमा सफाइ गरेका छन् । ‘एक वर्ष एक सङ्कल्पः स्वच्छता र हरियालीमा दीर्घकालीन परिवर्तन’ भन्ने उद्घोषसहित यही साउन ६ गतेदेखि अभियान सुरु भएको थियो ।

‘क्लाइमेट स्मार्ट सिटिज्’ सँगको सहकार्यमा मैनादेवी फाउन्डेसनद्वारा सुरु गरिएको अभियानअन्तर्गत आज नेपाल आइडल विजेता रवि ओड, लोक देउडा गायकहरू चक्र बम, टङ्क तिमिल्सेना, चेतन बोहोरा, लालबहादुर धामी, अनिता चलाउने, हाँस्यकलाकार हेमराज अधिकारीलगायतले मन्दिर परिसरमा सफाई गरेका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिए ।

बढ्दो प्लास्टिक फोहोर व्यवस्थापन, वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको अभियानमा समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई सरिक गराउने नीतिअनुसार आज सुदू्रपश्चिमका चर्चित कलाकारले सफाइ गरेका उनले बताए ।

कार्यक्रममा क्रेसन नेपाल, फाउण्डेसनका स्वयम्सेवक र सेन्ट लरेन्स कलेजका विद्यार्थीको समेत सहभागिता रहेको थियो । त्यस क्रममा ३०० सय किलोग्रामभन्दा बढी फोहोर सङ्कलन भएको थियो । फोहोरमा प्रायः चुरोट, गुट्खा र चक्लेटका खोल तथा मेडिकल सामग्रीलगायत भेटिने गरेको अभियान्ता फाउण्डेशनका अध्यक्ष खनालले जानकारी दिए ।

“विश्वका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्र फोहोर हुनुले नेपालकै छविमा नराम्रो सन्देश जान्छ । त्यसैले फोहोर व्यवस्थापनका लागि अभियान सुरु गरेका छौँ, यो निरन्तर जारी रहनेछ । यसमा सबैको सहयोग र सहभागिताको अपेक्षा गरेका छौँ”, उनले भने ।

यही साउन ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभियान शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ५६ बजे

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,

मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को