२९ मंसिर २०८२, सोमबार | December 16, 2025

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँको तरलता तान्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आगामी ४२ दिनका लागि थप ५० अर्ब रुपैयाँ बराबरको तरलता सङ्कलन गर्न लागेको छ।

आइतबारका लागि तोकिएको यस विशेष सङ्कलनको सूचना राष्ट्र बैंकले सार्वजनिक गरेको हो। सूचनामा उल्लेख गरिएको अनुसार, बोलकबोल प्रक्रियामार्फत संकलन गरिने तरलताको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव राख्न सक्नेछन्।

प्रस्तावित रकम ५ करोडको गुणानुपातमा तोकिएको दरमा भाग लगाइनेछ, र बाँकी रकम निःशेष भागसम्म स्वीकृत गरिने व्यवस्था छ।

नेपाल राष्ट्र बैंकले देशको मौद्रिक तरलता सन्तुलनमा राख्न यस्ता अल्पकालीन सङ्कलन उपकरणहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ११ : ५० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको