३ चैत्र २०८२, मंगलबार | March 17, 2026

घानामा हेलिकप्टर दुर्घटनामा रक्षामन्त्रीसहित आठ जनाको मृत्यु



काठमाडौं । घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि छन् ।

यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए । घाना सशस्त्र बलका अनुसार, जेड-९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो ।

घाना सरकारले शोक व्यक्त गरेका छ । दुर्घटनाग्रस्त जेड-९ हेलिकोप्टर एक युटिलिटी हेलिकोप्टर थियो, जसको प्रयोग सामान्यतया यातायात र चिकित्सा उद्धारका लागि गरिन्थ्यो ।

राष्ट्रपति जोन माहामाका चिफ अफ स्टाफ जुलियस डेबराहले यो दुर्घटना देशको अशान्त दक्षिणी क्षेत्रमा भएको बताए । उनले यसलाई राष्ट्रिय आपतकालीन अवस्थाको संज्ञा दिए ।

सन् २०१४ मे मा एक सेवा हेलिकोप्टर समुद्र तटनजिकै दुर्घटना भएको थियो, जसमा कम्तीमा तीनजनाको मृत्यु भएको थियो । सन् २०२१ मा अकारामा एक मालवाहक विमान रनवेबाट चिप्लिएर यात्रुले भरिएको बससँग ठोक्किँदा दशजनाको ज्यान मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ८ : १३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड