२५ चैत्र २०८२, बुधबार | April 9, 2026

सर्लाहीमा बसबाट लडेर विद्यार्थीको मृत्यु



सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ।

कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका छोरा हुन्।

घटनापछि उनलाई तत्कालै संकटमोचन अस्पताल, बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि बिरगंजस्थित नेशनल मेडिकल कलेजमा पठाइएको थियो। तर चिकित्सकले बेलुकी ७ बजे उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोजकुमार राईले न्युजकारखानालाई बताए ।

दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक निरन्जन भट्टराईको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरीले बस चालक बागमती नगरपालिका–१० निवासी २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय बरहथवाबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ०५ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास