२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दीप बोर्डिङबाट कक्षा १२ को परीक्षामा ३.९६ जीपीए ल्याउने सञ्जोगसहित उत्कृष्ट विद्यार्थीलाई सम्मान



बुटवल । दीप बोर्डिङ हाई स्कुल बुटवलले कक्षा १२ को बोर्ड परीक्षमा ३.९६ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ । विज्ञान संकायबाट सञ्जोगराज भण्डारीले ३.९६ जीपीए प्राप्त गरी नेपाल प्रथम र उत्सवराज भट्टराईले ३.९५ जीपीए प्राप्त गरी नेपाल दोस्रो भएको दाबी गर्दै विद्यालयले सम्मान गरेको हो ।

सञ्जोगराजले कक्षा ४ देखि र उत्सवराजले कक्षा नर्सरी देखिनै दीप बोर्डिङमा अध्ययन गरेका हुन् ।शुक्रबार आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले ४५ वर्षको यात्रामा विभिन्न चुनौतीका बिच पनि विद्यार्थी र शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । ‘यो शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतको प्रतिफल हो ।’ उनले भने ‘संस्कारसहितको गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयास सफल भइरहेको छ ।’ शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी बनाउन कक्षाकोठालाई प्रविधिमैत्री बनाउँदै लगेको प्राचार्य न्यौपालेले बताए ।

कक्षा १२ र एसईई परीक्षामा उत्कृष्ट हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको ४५ औँ वार्षिकोत्सवका अवसरमा विशेष सम्मान तथा विद्यालयले घोषणा गरेका बिभिन्न पुरस्कार प्रदान गरिने उनले बताए । कक्षा १२ को नतिजामा रुपन्देहीका नीजि विद्यालयतर्फ दीप बोर्डिङ प्रथम हुन सफल भएको प्राचार्य न्यौपालेले बताए । कक्षा १२ को परीक्षामा १७८ जना विद्यार्थी सहभागी भएकोमा १८ जना विद्यार्थीले ए प्लस, ६७ जनाले ए, ५५ जनाले बी प्लस र २० जनाले बी ल्याएका छन् । विज्ञान संकायतर्फ विद्यालयले शतप्रतिशत नतिजा ल्याएको छ ।

विद्यालयका शैक्षिक प्रमुख सन्दीप पटेलले दीप बोर्डिङ र काठमाडौं विश्व विद्यालय (स्कुल अफ एजुकेसन) बीच ‘एलओए’ सम्झौता भएको बताए । त्यहाँका प्रोफेसरहरुले शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन यहाँका शिक्षकहरुलाई आबश्यक तालिम, सहकार्य र समन्न्वय गर्ने उनले बताए । आगामी दिनमा यहाँको शैक्षिक गुणस्तरमा अझैँ निखारता आउने शैक्षिक प्रमुख पटेलले विश्वास व्यक्त गरे ।

यस्तै, कक्षा १२ मा ३.९६ जीपीए ल्याएका सञ्जोगराजले अध्ययनका लागि दीप बोर्डिङमा उत्कृट शैक्षिक वातावरण रहेको बताए । उनले आफूले कक्षा ४ देखि यस विद्यालयमा अध्ययन गरेको बताए । गत वर्षको एसईईमा ४ जीपीए ल्याएका विद्यार्थी सुधांशु झाले विद्यालयले पारिवारिक वातावरणमा गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताए । आफूले कक्षा ३ देखिनै दीप बोर्डिङको होस्टेलमा बसेर अध्ययन गर्दै आएको बताउँदै उनले आगामी शैक्षिक यात्रापनि यसै विद्यालयबाटै अघि बढाउने निर्णय गरी कक्षा ११ मा भर्ना भएको बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले शिक्षालाई व्यावहारिक सिप र व्यावसायिकतासँग जोड्नु आजको आवश्यकता रहेको बताए । विद्यलयमा उत्कृष्ट शैक्षिक वातावरणसँगै शिक्षक र विद्यार्थीको लगनशीलता र मिहेनतले नै सफलता प्राप्त गर्न सकिएको बताए । अभिभावक राजेश भट्टराईले विद्यालयले प्रदान गर्दै आएको शिक्षाबाट आफू सन्तुष्ट रहेको बताउँदै नयाँनयाँ प्रविधिको विकास भइरहेको अबस्थामा विद्यालयले त्यसलाई पछ्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाईं, विद्यालयका उप-प्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रप्रसाद शाक्य, प्लस टु संयोजक कमल नेपाल, शिक्षक पुरुषोत्तम पाण्डेय लगायतले विद्यालयले प्रविधिमैत्री शिक्षण पद्धति अपनाउँदै शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिँदै आएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ११ : ५६ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर