२२ भदौ २०८३, सोमबार | September 7, 2026

कैलाली कारागार झडप प्रकरण : गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुखको बैठक



काठमाडौं । कैलाली कारागारमा भएको हिंसात्मक झडपका विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएका छन् ।

गृहमन्त्रीले शनिबार सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर घटनाको अवस्थाबारे समीक्षा गर्ने तयारी गरेका हुन्।

शुक्रबार राति कारागारको ब्लक ‘ए’ र ब्लक ‘बी’मा रहेका कैदीबन्दीबीच भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो । घटनामा ४७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

झडपपछि कैदीबन्दीहरूले कारागारको नियन्त्रण आफ्नै हातमा लिएका छन्।

कैदीबन्दीहरूले भित्रबाटै कारागारमा ताला लगाई सुरक्षाकर्मीलाई प्रवेश गर्न नदिएको कारागार प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ४५ बजे

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य