५ माघ २०८२, सोमबार | January 20, 2026

रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख



काठमाडौं । गएको असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढीपहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँबराबर पुगेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार, यही साउन २२ गतेसम्म कुल बिमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बिमा ६, सामुद्रिक बिमा नौ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बिमा ९निजी० १६ र मोटर बिमा ९सार्वजनिक० ४२ दाबी परेको छ ।

प्राधिकरणका अनुसार, हिमालयन एभरेस्टमा ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनीमा आठ करोड ७३ लाख, सानिमा जीआईसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँबराबरको बिमा दाबी गरिएको छ ।

प्राधिकरणका अनुसार, नेको इन्स्योरेन्समा पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँबराबरको बिमा दाबी गरिएको छ ।

लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमास्थित मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ०१ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच