२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख



काठमाडौं । गएको असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढीपहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँबराबर पुगेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार, यही साउन २२ गतेसम्म कुल बिमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बिमा ६, सामुद्रिक बिमा नौ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बिमा ९निजी० १६ र मोटर बिमा ९सार्वजनिक० ४२ दाबी परेको छ ।

प्राधिकरणका अनुसार, हिमालयन एभरेस्टमा ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनीमा आठ करोड ७३ लाख, सानिमा जीआईसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँबराबरको बिमा दाबी गरिएको छ ।

प्राधिकरणका अनुसार, नेको इन्स्योरेन्समा पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँबराबरको बिमा दाबी गरिएको छ ।

लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमास्थित मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ०१ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै