८ चैत्र २०८२, आइतबार | March 22, 2026

रुपन्देही-३ उपनिर्वाचन : खाँडको मौनताले उम्मेदवार चयनमा कांग्रेसमा अल्लमल्ल



बुटवल । रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनले कांग्रेसभित्र गर्मी चुलिँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि खाली भएको यो क्षेत्रमा उम्मेदवार चयनमा कांग्रेस नेतृत्व अनिर्णीत छ।

निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०८२ असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गरिने छ। सोही दिन साँझ ५ बजेपछि राति ७ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिने छ।

निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि दलहरूले उम्मेदवारको टुंगो लगाएका छैनन्। त्यहाँ राप्रपा, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

गत चुनावमा २६ सय मतले पराजित भएका पूर्वगृहमन्त्री बालकृष्ण खाण पहिलो रोजाइका नेता भए पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रहेकाले उनको उम्मेदवारी अनिश्चित छ। जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेकाले अदालतको प्रतिकूल आदेश आए चुनावी दौडमा खाणलाई असहज पर्न सक्ने देखिन्छ।

खाणको मौनताबीच रुपन्देही कांग्रेसभित्र टिकटका लागि प्रतिस्पर्धा सुरू भइसकेको नेताहरू बताउँछन्। पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य विमल ढकाल र पूर्वप्रदेश सांसद पुष्पा चौधरीले आ-आफ्नो दाबेदारी अघि सारेका छन्।

२०७९ को आम निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन पाए पनि खाण एमाले-राप्रपा गठबन्धनका दीपक बोहरासँग पराजित भएका थिए। तर, यसपालि एमाले-राप्रपा गठबन्धन नबन्ने पक्का भएकाले कांग्रेसका लागि मैदान सजिलो देखिएको छ।

रुपन्देही कांग्रेसका नेताहरूका अनुसार उपनिर्वाचनमा खाणले दाबी गर्दा टिकटमा उनकै पल्लाभारी हुन्छ। यद्यपि, उनले दाबी नगरेको अवस्थामा अन्य नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न सुरू गरेका छन्।

ढकालद्वयका साथै पूर्वप्रदेश सांसद रहेकी चौधरी समेत आफ्नो दाबी प्रस्तुत गरिरहेकी छिन्। चौधरीसमेत खाणसँग निकट रहेकी व्यक्ति हुन्।

‘उहाँहरू कोही पनि खुलेर टिकट मलाई चाहियो भनिरहनु भएको अवस्था होइन,’ जिल्लास्तरीय एक नेताले भने, ‘पहिलो दाबी बालकृष्ण दाइकै हो, उहाँले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका कारण अन्य व्यक्तिले भित्र-भित्रै दाबी गरिरहनु भएको हो।’

ढकाल भने यसबारे खुलेका छैनन्। उनले रुपन्देही-३ को चुनावमा दाबीबारे भने, ‘मेरो अहिले केही पनि दाबी छैन, पहिलो दाबी बालकृष्ण दाइ नै हो, जनताको माग पनि त्यही हो।’

राप्रपाबाट आफ्ना पिताको क्षेत्रमा लड्न दाजुभाइ गौरब बोहरा र प्रज्जवल बोहराबीच टिकटको प्रतिस्पर्धा छ। माओवादीबाट संविधानसभा सदस्य रहेका सोनिया यादव र हकिउल्लाह खाँको चर्चा छ।

एमालेमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, यज्ञजित शाह र हरि अधिकारीबीच टिकटको प्रतिस्पर्धा छ। यता, राष्ट्रिय स्वतन्त्र पार्टीमा भने सुलभ खरेल, ज्ञानु पौडेल र पार्थीबेन्द्र उपाध्यायको चर्चा चलिरहेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ०१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय