१९ माघ २०८२, सोमबार | February 2, 2026

एन आई सी एशियाका ग्राहकहरुलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट सुविधा उपलब्ध



काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलज्यू र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाज्यूले हस्ताक्षर गरेका छन् ।
ग्राहकहरुले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा रु.२५०० छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहक महानुभावहरुले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, हाल सेवा लिइरहनु भएका ग्राहकहरुले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले सेवा लिनु पूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ ।

सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ५४ बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई