२८ असार २०८३, आइतबार | July 12, 2026

‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’



बागलुङ । काठेखोला गाउँपालिका-६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाडे । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थालेका छन ।

अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उनको गुनासो छ । “घरमा बूढाबूढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको छ” कँडेलले भने, “बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेका छौँ ।” अत्यावश्यक भए पनि कतिपय तरकारी र फलफूल बजारबाट ल्याउने गरेको उनले बताए ।

बाँदरले नखाएकाले कँडेलजस्तै यहाँका किसानले सुन्तला बारीमा अदुवा लगाएको बताए । कतिपय किसानले भैँसीपालन व्यवसाय रोजेका छन् । दूध उत्पादनबाट केही फाइदा भए पनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टङ्क कँडेलले बताए । “भैँसी पाल्नेले एकैछिन बस्न पनि पाइँदैन, घर छाडेर कतै जान पनि पाइँदैन”, उनले भने, “बाँदर नियन्त्रणको कार्यक्रम नभई भएन, घरभित्रै पसेर पकाएको खानासमेत खाइदिए ।”

काठेखोला गाउँपालिकाका दर्जनौँ किसानले बारीमा मकै छाडेर अदुवाखेती थालेका छन् । मूल्यमा पटकपटक गिरावट आउने, बजारीकरणमा समस्या भए पनि उनीहरूले बाँदरबाट जोगाउन यो काम गरेका हुन् । अलैँची लगाएर पनि उनीहरूले फाइदा लिन भने सकेका छैनन् । तर बाँदरबाट बच्न खेतीपातीमा परिवर्तन गरेको बताए ।

किसानले सुन्तला भने लगाएका छन् । दसैँतिहारको समय ख्याल गरेर जोगाउन सकेमा केही फाइदा लिन सकिने भएकाले सुन्तलाखेती गरेको किसानले बताए । सुन्तलाबाट वर्षमा लाखौँ कमाई गर्ने किसान बिहुँमा छन् । “यो सुन्तलाका लागि उपयोगी स्थान हो, हामीले पनि प्रोत्साहन गरेका छौँ, तर बाँदरबाट जोगाउन गाह्रो भयो भन्नुभएको छ”, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भने, “बजारीकरणमा सक्दो सहयोग गर्नेछौँ ।” बाँदर आतङ्ककै कारण बाली नलगाउनेभन्दा संरक्षणमा ध्यान दिनेगरी किसानलाई सम्झाएको सिलवालको भनाइ छ ।

गाईभैँसी पाल्नेलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिलिटर दूधमा रु पाँच अनुदान दिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । “नश्ल सुधार गरिएका भैँसी र गाईको दूधमा अनुदान दिएर किसानलाई निरास हुनबाट बचाउने प्रयास गरेका छौँ”, सापकोटाले भने, “बाँदरको स्थायी समाधान नभए पनि पशुपालनमा भने किसानको आर्कषण छ ।”

बागलुङ नगरपालिका-८ का रामबहादुर खड्काले पनि कृषि फसल भित्र्याउन बाँदर आतङ्कले नसकेको र नियन्त्रण गर्न नसकेर हैरान भएको सुनाए । उनले त सुन्तलासमेत जोगाउन नसकेको गुनासो गरे । “हेरालो राखेर पनि नसकिने रहेछ, बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल लगाएर किसान बाँच्न गाह्रो भइसक्यो”, बाँदरबाट बाली जोगाउन राज्यले पहल गर्नुपर्ने बताए ।

बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका-१ टुनीबोट १० को राङखानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् । काठेखोला गाउँपालिका-५ कै करलिम बस्ती पनि रित्तोजस्तै भइसकेको हो ।

पेसा फेरेर दूध उत्पादनमा लागेका किसानको पनि गुनासो बढी छ । लागत र दुःख धेरै भएकाले नाफा कमाउन नसकिने कँडेलले बताए । “एउटै भैँसीलाई रु दुई लाखसम्म पर्छ, दु्ई वर्षसम्म लगातार दूध बेच्न सकिएन भने लगानी उठ्दैन”, उनले भने । गाईभैसी पालेका किसानले एक दिन घर छाड्न पनि नपाएको उहाँको गुनासो छ । किसानले दूधमा उचित बजार पनि नपाएको गुनासो गरे ।

वैकल्पिक बाटो रोजेका किसानलाई उत्पादनमा प्रोत्साहन गर्न बजारीकरण तथा यान्त्रिकीकरणमा साथ दिने सापकोटाले बताए । अवस्थाअनुसारको उत्पादन गरेर आत्मनिर्भर बन्ने बाटो खोज्न लगाएको उनले बताए । दूधको मूल्य बढाउनेबारेमा भने अहिले निर्णय नभएको उनको भनाइ छ । मकैको साटो साइलेज घाँस लगाएर थप आम्दानी गर्न सकिने सापकोटाको सुझाव छ ।

जैमिनी-८ का रघुनाथ पौडेलले पनि परम्परागत खेती छाडेर मौरी र भैँसी पाल्न थालेका छन । बजार टाढा भएकाले दूध समयमा पठाउन उनलाई सास्ती छ । तर पनि खेती जोगाउन नसकेपछि पौडेलले बारीमा घाँस लगाएका छज ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ९ : ३५ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास