२८ असार २०८३, आइतबार | July 12, 2026

नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्छ : अध्यक्ष प्रचण्ड



भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।

भक्तपुरमा इको युथ नेपालले आज आयोजना गरेको इतिहासमै पहिलो र सबैभन्दा ठूलो मेकअप (शृङ्गारिक कला) कार्यशालाको समापनमा उनले सामन्तवादको छालमा महिलाहरू विभेद, अन्याय र अत्याचारको अवस्थाको अन्त्य गर्दै महिला मुक्तिका लागि अगाडि बढिरहेको बताए ।

युवा महिलाहरूलाई उद्यामशीलता, तालिम र सीपमार्फत रोजगारी दिलाउन, सीपलाई वैधानिकता दिलाउन र आर्थिक सहयोग जुटाउन आफ्नोतर्फबाट प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए ।

आमनेपाली युवा महिलाहरूले उद्यमशील महिलाका जोश र ऊर्जा ग्रहण गर्नुपर्ने चर्चा गर्दै उनले कुनै राजनीतिक विशेष एवं सिद्धान्त सिद्धान्तभन्दा पनि पर रहेर रोजगारीको सृजनामा आफैँ लागेको देख्दा बन्दुक बिनाको सेनाझैँ लागेको बताए ।

अध्यक्ष प्रचण्डले भने, “युवा महिलाहरू अगाडि उभिएर जोश, उत्साह, समर्थन हेर्दै गर्दा २१ औँ शताब्दीमा नेपाली महिलाहरू पनि नयाँ प्रविधिमार्फत रोजगारी दृष्टिकोणका निम्ति हातमा सीप लिएर अगाडि बढ्नुले निकै उत्साह थपेको छ ।”

कार्यक्रममा अध्यक्ष प्रचण्डले एसियामै पहिलोपटक ठूलो कार्यशाला गरेबापत प्राप्त एसिया बुक अफ रेकर्ड अवार्ड इको युथ नेपाललाई प्रदान गरे । माओवादीका नेताहरू दिलीप प्रजापति र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईलगायतले युवा महिलाहरूको ठूलो भेलाले नेपालमै हात सीप लिएर केही गर्न सक्छु भन्ने विश्वास लिएकाले सरकारले यस्ता सीप भएका महिलाका लागि लगानी बढाउनुपर्ने बताएका थिए ।

कार्यशाखामा आज एकै दिन पाँच हजार युवा पुस्ताको सहभागिता रहेको थियो । युवा महिला एवं किशोरीहरूलाई मेकअप सीप (शृङ्गारिक कला) सिकाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा युथ इको नेपालका सचिव सुजन अधिकारीले आज बिहान १०ः०० बजेदेखि एकैसाथ नौ वटा हलमा ३० वटा शत्र सञ्चालन भएको जानकारी दिए ।

कार्यशाखामा १०० भन्दा बढी प्रशिक्षक र ३०० स्वयंसेवक परिचालन गरी सम्पन्न गरेको बताउँदै युवा पुस्तालाई मेकअप कला र यसको व्यवसायको गरेमा जानकारी गराएको बताए ।

नेपालमा मात्रै नभई विश्वमै पहिलो यस प्रकारको कार्यशाला यो पहिलो भएको दाबी गर्दै उनले कार्यशालामा एसिया बुक अफ रेकर्ड राख्ने सफल भएर प्रमाणपत्र प्राप्त गरेकोमा खुसी व्यक्त गरे । कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीपहरू फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्टलगायतका सीप सिकाइएको उनले जानकारी दिए ।

युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले कार्यशालाले हजारौँ युवालाई सीपसँग रोजगारीलाई जोडेर लैजान अभियानको पहिरो प्रारूप भएको बताउँदै हरेक शनिबार युवा वर्गलाई मेकअप सीप सिकाउँदै आएको बताए ।

आयोजकमध्येकै युवा व्यवसायी एवं समाजसेवी नरेश रञ्जितले हातमा सीप भएका तर लगानी गर्ने पैसा नभएर अड्किएका युवा वर्गलाई साना पुँजी दिएर व्यवसाय सुरु गर्न सहयोग पुर्‍याउने उदृश्यले रु २० लाखको लगानी कोष निर्माण गरेको बताए ।

हातमा सीप भएका तर लगानी गर्ने क्षमता नभएर अन्योलमा परेका युवा पुस्तालाई व्यवसाय सुरु गर्न यही कोषको रकमबाट लगानी गरिदिने उनले घोषणा गरे । कार्यशाला सहभागीलाई प्रवेश निःशुल्क गरिएको र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ९ : ०९ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास