२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

हिरासतबाट छुटाईदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ



बुटवल । प्रहरी हिरासतमा रहेका अभियुक्तहरुलाई मुद्दा मिलाएर छुटाईदिन्छु भन्दै रहम असुल्ने एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं.३ का ३३ वर्षिय गुड्डु खान भन्ने कैश मोहम्मद साई रहेका छन् ।

गुड्डुले बिभिन्न मुद्दा मिलाएर हिरासतमा रहेका ब्यक्तिहरुलाई छुटाई दिन्छु भन्दै झुक्यानमा पारी पटक पटक गरी ४५ हजार ठगी गरेको प्रहरीले जनाएको छ । उनले थप ३ लाख माग गरेको भन्ने गोप्य सूचनाका आधारमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ बाट गुड्डुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । गुड्डु सवार बा १४ च ७८६ नम्बरको गाडी खानतलासी गर्दा उनले लिएको रकम मध्य १५ हजार फेला परेको डीएसपी कार्कीले बताए ।

पक्राउ परेका गुड्डुलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : १६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२