बुटवल । प्रहरी हिरासतमा रहेका अभियुक्तहरुलाई मुद्दा मिलाएर छुटाईदिन्छु भन्दै रहम असुल्ने एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं.३ का ३३ वर्षिय गुड्डु खान भन्ने कैश मोहम्मद साई रहेका छन् ।
गुड्डुले बिभिन्न मुद्दा मिलाएर हिरासतमा रहेका ब्यक्तिहरुलाई छुटाई दिन्छु भन्दै झुक्यानमा पारी पटक पटक गरी ४५ हजार ठगी गरेको प्रहरीले जनाएको छ । उनले थप ३ लाख माग गरेको भन्ने गोप्य सूचनाका आधारमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ बाट गुड्डुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । गुड्डु सवार बा १४ च ७८६ नम्बरको गाडी खानतलासी गर्दा उनले लिएको रकम मध्य १५ हजार फेला परेको डीएसपी कार्कीले बताए ।
पक्राउ परेका गुड्डुलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया