१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ



तानसेन । लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरुको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।

सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए । व्यवस्थापक बमरेलमाथि रु दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ ।

“सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारिक प्रयोजनमा खर्च गरी ठगी गरेको जाहेरी परेपछि बमरेललाई पक्राउ गरिएको हो”, उनले भने ।

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि बमरेललाई २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा जाहेरी दिएको उक्त सहकारीका अध्यक्ष सुवि विश्वकर्माले बताए ।

रम्भा गाउँपालिका–४ मा प्रधान कार्यालय रहेको उक्त सहकारीमा करिब तीन हजार ५०० शेयर सदस्य छन् । व्यवस्थापक बमरेलले विभिन्न व्यक्तिका नाममा रकम लिएको आरोप छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ९ : २७ बजे

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न