१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

२७ अङ्कले घट्यो नेप्से परिसूचक



काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो ।

आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा रू सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव शूत्य तीन, विकास बैंक शून्य दशमलव ५१, वित्त शून्य दशमलव ९३, होटल तथा पर्यटन शून्य दशमलव २१, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव ८३ र जीवन बिमा शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक, लघुवित्त एक दशमलव ३१, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ६४ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले घटेको छ ।

आरबिबी म्युचुअल फण्ड–१ को शेयर मूल्य सबैभन्दा बढी सात दशमलव ९३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव शून्य छ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ५१ करोड ६७ लाख दुई हजार २०१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को १३ लाख ५८ हजार छ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ४ : ०८ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको