७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुढानीलकण्ठमा मोटरसाइकल-स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते



काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७, स्पेसलचोकस्थित सडकमा आइतबार राति मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल राति करिब पौने २ बजे ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहा, जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवैलाई शिक्षण अस्पताल पुर्‍याइएकोमा राति सवा २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकका आफन्त सम्पर्कमा नआएको र एक जनाको सनाखत अझै हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमा गोरखा आरुपोखरी घर भई हाल बुढानीलकण्ठ-८, भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम थर खुल्न बाँकी २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष रहेका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ९ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई