९ पुस २०८२, बुधबार | December 24, 2025

बुढानीलकण्ठमा मोटरसाइकल-स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते



काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७, स्पेसलचोकस्थित सडकमा आइतबार राति मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल राति करिब पौने २ बजे ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहा, जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवैलाई शिक्षण अस्पताल पुर्‍याइएकोमा राति सवा २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकका आफन्त सम्पर्कमा नआएको र एक जनाको सनाखत अझै हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमा गोरखा आरुपोखरी घर भई हाल बुढानीलकण्ठ-८, भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम थर खुल्न बाँकी २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष रहेका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ९ : २१ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)