५ पुस २०८२, शनिबार | December 20, 2025

पूर्वराष्ट्रपति भण्डारीको सक्रियता रोक्न एमाले नेतृत्वको प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका गतिविधिमा संलग्न हुन नदिन नेकपा (एमाले) नेतृत्वले निरन्तर प्रयास गरिरहेको छ । साउन ५–६ गते सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले उनको नवीकरण भइसकेको सदस्यता समेत खारेज गर्दै पार्टी प्रवेशमा रोक लगाएको थियो ।

तर पनि भण्डारी पूर्वउपाध्यक्षको हैसियतमा सक्रिय रहँदै आएकी छन् । सोमबार उद्घोष दैनिकको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेकी उनी मंगलबार मोरङ जिल्ला पार्टी कार्यालयमा प्रवेश गरेकी छन् ।

विराटनगरको पाञ्चालीस्थित एमाले जिल्ला कार्यालयमा भण्डारीको स्वागतका लागि विशेष तयारी गरिएको छ । पार्टीका पूर्वउपाध्यक्षको हैसियतमा उनलाई स्वागत गरिएको हो । एमाले पूर्वकेन्द्रीय सदस्य विनोद ढकालको बलियो पकड रहेको मोरङलाई भण्डारीले आफ्नो सक्रियता विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्ने संकेत देखिएको छ ।

तर, संस्थापन पक्षले भने अन्तिम क्षणसम्म उनको सक्रियता रोक्ने प्रयास गरेको छ । विराटनगर महानगर इन्चार्ज परशुराम बस्नेतले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सो कार्यक्रममा नजान सूचना दिएका थिए । उनले एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट कुनै औपचारिक कार्यक्रम तय नभएको भन्दै ‘झूटो प्रचारमा नफस्न’ आग्रह गरेका थिए ।

यद्यपि, भण्डारीको आगमनसँगै मोरङ जिल्ला पार्टी कार्यालयमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका छन् । सोमबार विराटनगर विमानस्थलमा अवतरण गर्दा नै उनलाई प्रदेशका मन्त्री, जिल्ला कमिटीका पदाधिकारी तथा सयौँ कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

मोरङ जिल्ला कमिटी र विराटनगर महानगरमा अध्यक्ष ओली निकट समूह पराजित भइसकेको पृष्ठभूमिमा भण्डारीलाई स्थानीय तहमा उल्लेख्य समर्थन मिल्नुलाई महत्त्वपूर्ण मानिएको छ ।

एमाले नेतृत्वले निषेध गर्ने निर्णय गरे पनि भण्डारीको सक्रियता झन् विस्तार हुँदै गएको देखिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको