११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

पूर्वराष्ट्रपति भण्डारीको सक्रियता रोक्न एमाले नेतृत्वको प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका गतिविधिमा संलग्न हुन नदिन नेकपा (एमाले) नेतृत्वले निरन्तर प्रयास गरिरहेको छ । साउन ५–६ गते सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले उनको नवीकरण भइसकेको सदस्यता समेत खारेज गर्दै पार्टी प्रवेशमा रोक लगाएको थियो ।

तर पनि भण्डारी पूर्वउपाध्यक्षको हैसियतमा सक्रिय रहँदै आएकी छन् । सोमबार उद्घोष दैनिकको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेकी उनी मंगलबार मोरङ जिल्ला पार्टी कार्यालयमा प्रवेश गरेकी छन् ।

विराटनगरको पाञ्चालीस्थित एमाले जिल्ला कार्यालयमा भण्डारीको स्वागतका लागि विशेष तयारी गरिएको छ । पार्टीका पूर्वउपाध्यक्षको हैसियतमा उनलाई स्वागत गरिएको हो । एमाले पूर्वकेन्द्रीय सदस्य विनोद ढकालको बलियो पकड रहेको मोरङलाई भण्डारीले आफ्नो सक्रियता विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्ने संकेत देखिएको छ ।

तर, संस्थापन पक्षले भने अन्तिम क्षणसम्म उनको सक्रियता रोक्ने प्रयास गरेको छ । विराटनगर महानगर इन्चार्ज परशुराम बस्नेतले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सो कार्यक्रममा नजान सूचना दिएका थिए । उनले एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट कुनै औपचारिक कार्यक्रम तय नभएको भन्दै ‘झूटो प्रचारमा नफस्न’ आग्रह गरेका थिए ।

यद्यपि, भण्डारीको आगमनसँगै मोरङ जिल्ला पार्टी कार्यालयमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका छन् । सोमबार विराटनगर विमानस्थलमा अवतरण गर्दा नै उनलाई प्रदेशका मन्त्री, जिल्ला कमिटीका पदाधिकारी तथा सयौँ कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

मोरङ जिल्ला कमिटी र विराटनगर महानगरमा अध्यक्ष ओली निकट समूह पराजित भइसकेको पृष्ठभूमिमा भण्डारीलाई स्थानीय तहमा उल्लेख्य समर्थन मिल्नुलाई महत्त्वपूर्ण मानिएको छ ।

एमाले नेतृत्वले निषेध गर्ने निर्णय गरे पनि भण्डारीको सक्रियता झन् विस्तार हुँदै गएको देखिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १ : ५३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि