३० चैत्र २०८२, सोमबार | April 13, 2026

पहाडमा पनि डेङ्गी जोखिम : बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि



बैतडी । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो ।

यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ७ : १८ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ