२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा होटल व्यवसायी संघद्वारा तीज मिलन कार्यक्रम सम्पन्न



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । वर्षभर व्यवसायमा व्यस्त रहने महिला व्यवसायीबीच शुभकामना आदानप्रदान, नाचगान र दर खुवाएर कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले तीजलाई प्रायः गलत रूपमा व्याख्या गर्ने प्रवृत्ति रहेको उल्लेख गरिन् । उनले तीजलाई केवल श्रीमानको दीर्घायुको व्रतका रूपमा नभई, पार्वतीको विद्रोहको कथा र महिलाको आत्मबलसँग जोडिएको दिनका रूपमा लिनुपर्नेमा जोड दिइन् । अर्यालले भनिन्, “तीज एउटा संघर्षको दिन हो । गीत, नृत्य र सांस्कृतिक अभ्यासमार्फत महिलाले अधिकार स्थापित गर्न सफल भएका छन् । त्यसैले यस दिनलाई खुसी, शुभकामना आदानप्रदान र मिठास बाँड्ने पर्वका रूपमा मनाउनुपर्छ ।”

कार्यक्रम संयोजक मैनादेवी आचार्यले तीजको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै यसलाई महिलाको अधिकार संघर्षसँग सम्बन्धित पर्वका रूपमा व्याख्या गरिन् । उनले समयसापेक्ष तीज मनाउने शैलीमा परिवर्तन भए पनि अब महिला अधिकारभन्दा माथि उठेर नेतृत्व क्षमताको विकासमा जोड दिनुपर्ने धारणा राखिन् ।

त्यसैगरी, यक ब्रुअरी कम्पनी र यति डिष्टिलरीका डिपुटी म्यानेजर प्रितम गिरिले स्वदेशमै गुणस्तरीय पेय पदार्थ उत्पादन गरी निर्यात गर्न सफल भएको बताए । उनका अनुसार हाल १७ देशमा पेय पदार्थ र १४ देशमा बियर निर्यात भइरहेको छ । उनले पर्यटन व्यवसायसँग जोडिएका करिब ६ सय व्यवसायीलाई फ्याक्ट्री भ्रमण गराउने योजनासमेत रहेको जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष माधवकुमार खनालले संघको वार्षिक कार्यक्रमअन्तर्गत तीजमा महिला व्यवसायीलाई दर खुवाउने परम्परालाई निरन्तरता दिइएको बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव प्रसाद नेपाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, सल्लाहकार समुन्द्र जिसी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा र महासचिव केशव कंडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ४ : १३ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास