१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ



काठमाडौँ । काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरिएको छ ।

विभिन्न ठाउँमा लुटपाट भएको सूचनाका आधारमा खोजी गदाए प्रहरीले चोरी र लुटपाटका घटनामा संलग्न रहेका समूहले चोरीकै मोटरसाइकल प्रयोग गर्ने गरेको फेला परेको जिल्ला प्ररी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनीहरुको सबै विवरण आजै सार्वजनिक गरिएको छ ।

प्रवक्ता बोहराका अनुसार यसरी लुटपाटमा संलग्न ६ जनालाई चोरिएका मोटरसाइकलसहित पक्राउ गरिएको छ । चोरीका मोटरसाइकल प्रयोग गर्दा भाग्न सकिने सोचेर उनीहरुले उक्त अपराध गरेको पाइएको छ । प्रहरी प्रभाग नयाँ बसपार्क र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा चोरीकै मोटरसाइकल प्रयोग गरी चोरी गरेको पाइएको प्रवक्ता बोहराले बताए ।

पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला घर भई धापासी बस्ने १८ वर्षीय साहिल क्षेत्री, नुवाकोट घर भई फुटुङ बस्ने २५ वर्षीय सङ्ग्राम राई, सुनसरी घर भई फुटुङ बस्ने २१ वर्षीय दीपेश लिम्बू, मकवानपुरको बागमती घर भई टोखा बस्ने २७ वर्षीय शम्भू माझी, रामेछाप घर भइ टोखा बस्ने २० वर्षीय प्रकाश तामाङ र काभ्रेपलाञ्चोक घर भई टोेखा बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् ।

उनीहरुका साथबाट चोरिएका बा५२प ३६३० नम्बर स्कुटर (हाल उक्त नम्बर परिवर्तन गरी बा१०प ६३०८ को नम्बर प्लेट राखिएको), बा८१प ३३८२ नम्बरको स्कुटर र बा प्र ०२–०२५ प ७११९ नम्बरको स्कुटर बरामद गरिएको प्रवक्ता बोहराले जानकारी दिए । उनीहरुमाथि पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : १३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले