१९ माघ २०८२, सोमबार | February 2, 2026

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ



काठमाडौँ । काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरिएको छ ।

विभिन्न ठाउँमा लुटपाट भएको सूचनाका आधारमा खोजी गदाए प्रहरीले चोरी र लुटपाटका घटनामा संलग्न रहेका समूहले चोरीकै मोटरसाइकल प्रयोग गर्ने गरेको फेला परेको जिल्ला प्ररी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनीहरुको सबै विवरण आजै सार्वजनिक गरिएको छ ।

प्रवक्ता बोहराका अनुसार यसरी लुटपाटमा संलग्न ६ जनालाई चोरिएका मोटरसाइकलसहित पक्राउ गरिएको छ । चोरीका मोटरसाइकल प्रयोग गर्दा भाग्न सकिने सोचेर उनीहरुले उक्त अपराध गरेको पाइएको छ । प्रहरी प्रभाग नयाँ बसपार्क र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा चोरीकै मोटरसाइकल प्रयोग गरी चोरी गरेको पाइएको प्रवक्ता बोहराले बताए ।

पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला घर भई धापासी बस्ने १८ वर्षीय साहिल क्षेत्री, नुवाकोट घर भई फुटुङ बस्ने २५ वर्षीय सङ्ग्राम राई, सुनसरी घर भई फुटुङ बस्ने २१ वर्षीय दीपेश लिम्बू, मकवानपुरको बागमती घर भई टोखा बस्ने २७ वर्षीय शम्भू माझी, रामेछाप घर भइ टोखा बस्ने २० वर्षीय प्रकाश तामाङ र काभ्रेपलाञ्चोक घर भई टोेखा बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् ।

उनीहरुका साथबाट चोरिएका बा५२प ३६३० नम्बर स्कुटर (हाल उक्त नम्बर परिवर्तन गरी बा१०प ६३०८ को नम्बर प्लेट राखिएको), बा८१प ३३८२ नम्बरको स्कुटर र बा प्र ०२–०२५ प ७११९ नम्बरको स्कुटर बरामद गरिएको प्रवक्ता बोहराले जानकारी दिए । उनीहरुमाथि पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : १३ बजे

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल

साफ महिला च्याम्पियनसिप : नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको

राष्ट्रपति पौडेल जापान प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि