काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल महिला फुटबल टोलीले आज आयोजक भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा दुवै टोली पहिलो खेलमा पराजित हुँदै आजको खेलमा उत्रन लागेका हुन् । नेपाल पहिलो खेलमा भारतसँग ७-० को हार बेहोर्दा, भुटान भने बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।
नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी साफ यु-१७ महिला च्याम्पियनसिप डबल राउण्ड-रोबिन प्रारुपमा हुँदैछ । प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् । प्रतियोगिताको अन्त्यमा शीर्ष स्थानमा रहने टोलीले उपाधि हात पार्नेछ ।
नेपालले आगामी खेलहरूमा अगस्ट २४ मा बंगलादेशसँग, अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।


















प्रतिक्रिया