१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रुपन्देहीमा सम्पर्क समाजको सक्रियतामा छत्रदेव-५ वडाको एकीकृत शिविर सम्पन्न



रुपन्देही । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको समन्वय तथा सहजीकरणमा छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयले दुई दिने एकीकृत शिविर सम्पन्न गरेको छ ।

सिद्धार्थ इन्टरनेशनल कलेज, मिलनचोक बुटवलमा आयोजित शिविरमार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिला, असहाय एकल महिला, पूर्ण अपाङ्गता, अतिअशक्त अपाङ्गता तथा बालबालिकाको बालपोषण भत्ताका सूचीकृत लाभग्राहीलाई आर्थिक वर्ष २०८२/०८३ को नविकरण कार्य सम्पन्न गरिएको वडाकार्यालयले जनाएको छ ।

शिविरमा छत्रदेव-५ का सम्पूर्ण लाभग्राहीले सेवा प्राप्त गर्नुका साथै छिमेकी वडाका बासिन्दाले पनि सुविधा लिएको वडाकार्यालयले जनाएको छ । कार्यक्रम समाजका सम्पूर्ण कार्यसमिति, सल्लाहकार, वडाअध्यक्ष बालकृष्ण पोखरेल, वडासचिव तथा अन्य जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा सम्पन्न भएको थियो ।

शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सिद्धार्थ इन्टरनेशनल कलेज, वडाकार्यालयका प्रतिनिधि, कार्यसमिति सदस्य, सल्लाहकारलगायत सम्पूर्ण सेवाग्राहीप्रति समाजका अध्यक्ष सिद्धार्थ पन्थीले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ५ : १३ बजे

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली