१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुपन्देहीमा सम्पर्क समाजको सक्रियतामा छत्रदेव-५ वडाको एकीकृत शिविर सम्पन्न



रुपन्देही । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको समन्वय तथा सहजीकरणमा छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयले दुई दिने एकीकृत शिविर सम्पन्न गरेको छ ।

सिद्धार्थ इन्टरनेशनल कलेज, मिलनचोक बुटवलमा आयोजित शिविरमार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिला, असहाय एकल महिला, पूर्ण अपाङ्गता, अतिअशक्त अपाङ्गता तथा बालबालिकाको बालपोषण भत्ताका सूचीकृत लाभग्राहीलाई आर्थिक वर्ष २०८२/०८३ को नविकरण कार्य सम्पन्न गरिएको वडाकार्यालयले जनाएको छ ।

शिविरमा छत्रदेव-५ का सम्पूर्ण लाभग्राहीले सेवा प्राप्त गर्नुका साथै छिमेकी वडाका बासिन्दाले पनि सुविधा लिएको वडाकार्यालयले जनाएको छ । कार्यक्रम समाजका सम्पूर्ण कार्यसमिति, सल्लाहकार, वडाअध्यक्ष बालकृष्ण पोखरेल, वडासचिव तथा अन्य जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा सम्पन्न भएको थियो ।

शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सिद्धार्थ इन्टरनेशनल कलेज, वडाकार्यालयका प्रतिनिधि, कार्यसमिति सदस्य, सल्लाहकारलगायत सम्पूर्ण सेवाग्राहीप्रति समाजका अध्यक्ष सिद्धार्थ पन्थीले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ५ : १३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा