३१ असार २०८३, बुधबार | July 16, 2026

तीन दशकमा माइन तथा विस्फोटनमा परी पाँच सय ५१ जनाको मृत्यु



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बितेका तीन दशकमा माइन तथा विष्फोटनमा परी ६५१ जना प्रहरी तथा सर्वसाधारणको मृत्यु र दुई हजार ८९९ जना घाइते भएको जानकारी दिएका छन् ।

आज राष्ट्रियसभामा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको सो तथ्याङ्क नेपाल प्रहरीलाई उद्धृत गर्दै प्रस्तुत गरेका हुन् ।

“द्वन्द्वकालीन घटनाका सम्बन्धमा मृतकका हकदारलाई रु १० लाखका दरले राहत रकम प्रदान गरिएको छ”, गृहमन्त्री लेखकले भने, “घाइते तथा सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान, टुहुरा बालबालिकाका लागि १८ वर्षसम्म मासिक रु पाँच हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ ।”

साथै परिपूरणसम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णयबमोजिम हुने गरेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : २० बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक