काठमाडौं । नेपालले आज साफ यु-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुदैछ । आजै भारत र भुटानबीचको खेल दिउसो २:४५ बजेदेखि हुदैछ ।
यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो ।
अगस्त ३१ सम्म हुने साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई/दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।


















प्रतिक्रिया