२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन ।

उनले भनेका छन, “संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मङ्गलमय शुभकामना !” प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको जनाउँदै तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन ।

“प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन, “हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्याउँछ भन्ने चर्चा गर्न थालेको छ ।”

आज नेपाली हिन्दू महिलाले हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाउँदै छन् । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर तीज मनाउँछन् ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : १७ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट