२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

उखु किसानका माग चाँडै सम्बोधन गरिने : महामन्त्री थापा



महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग चाँडै सम्बोधन गरिने बताएका छन ।

बर्दिवासमा सञ्चारकर्मीहरुको जिज्ञासामा महामन्त्री थापाले सरकार उखु किसानका माग सम्बोधन गर्न अग्रसर भएको बताए । “सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा किसानलाई दिइने अनुदानको रकम बजेटमा व्यवस्था गरीसकेको छ, यसअनुरुप कृषि मन्त्रालयले अनुदान दिने प्रक्रिया थालेको छ”, उनले भने, “अब किसानले अनुदानको रकम चाँडै पाउनेछन् ।”

सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अनुरुप रु दुई अर्ब छुट्याइसकेको र अब रु २५ करोडजति थप्दा भुक्तानीमा समस्या नहुने उनको भनाइ थियो । यस विषयमा आपूmले कृषि मन्त्रीसँग छलफल गरेको महामन्त्री थापाले बताए ।

किसानले पाउँदै आएको अनुदान लिन आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु दुःखद् भएको उल्लेख गर्दै उनले सरकारले उखुको मूल्य निर्धारणदेखि भुक्तानीसम्मका विषयमा किसानसँग छलफल गर्नपर्ने बताए । उत्पादन गर्ने किसानको प्रतिनिधित्व नै नगराइ मूल्य लादिनु ठीक नहुने उनले स्पष्ट पारे ।

महामन्त्री थापा सर्लाहीको लालबन्दी-१ जुटपानीमा नेपाली कांग्रेसका नेता वासुशरण कोइरालाप्रति श्रद्धाञ्जली दिन तथा परिवारजनप्रति सद्भाव र समवेदना व्यक्त गर्न आएका नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले जानकारी दिए ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ६ : ५८ बजे

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार सम्पन्न

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल