१४ भदौ २०८३, आइतबार | August 31, 2026

उखु किसानका माग चाँडै सम्बोधन गरिने : महामन्त्री थापा



महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग चाँडै सम्बोधन गरिने बताएका छन ।

बर्दिवासमा सञ्चारकर्मीहरुको जिज्ञासामा महामन्त्री थापाले सरकार उखु किसानका माग सम्बोधन गर्न अग्रसर भएको बताए । “सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा किसानलाई दिइने अनुदानको रकम बजेटमा व्यवस्था गरीसकेको छ, यसअनुरुप कृषि मन्त्रालयले अनुदान दिने प्रक्रिया थालेको छ”, उनले भने, “अब किसानले अनुदानको रकम चाँडै पाउनेछन् ।”

सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अनुरुप रु दुई अर्ब छुट्याइसकेको र अब रु २५ करोडजति थप्दा भुक्तानीमा समस्या नहुने उनको भनाइ थियो । यस विषयमा आपूmले कृषि मन्त्रीसँग छलफल गरेको महामन्त्री थापाले बताए ।

किसानले पाउँदै आएको अनुदान लिन आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु दुःखद् भएको उल्लेख गर्दै उनले सरकारले उखुको मूल्य निर्धारणदेखि भुक्तानीसम्मका विषयमा किसानसँग छलफल गर्नपर्ने बताए । उत्पादन गर्ने किसानको प्रतिनिधित्व नै नगराइ मूल्य लादिनु ठीक नहुने उनले स्पष्ट पारे ।

महामन्त्री थापा सर्लाहीको लालबन्दी-१ जुटपानीमा नेपाली कांग्रेसका नेता वासुशरण कोइरालाप्रति श्रद्धाञ्जली दिन तथा परिवारजनप्रति सद्भाव र समवेदना व्यक्त गर्न आएका नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले जानकारी दिए ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ६ : ५८ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति