२७ असार २०८३, शनिबार | July 12, 2026

भ्रष्टाचार प्रकरणमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवसहित परिवारविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार यादवले करिब तीन दशकदेखि निमित्त कार्यालय प्रमुखको हैसियतमा राजनीतिक तथा विभागीय प्रभाव प्रयोग गर्दै सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने, प्लट मिलान गर्ने नाममा आर्थिक चलखेल गर्ने लगायतका गैरकानूनी कार्यमार्फत अकुत सम्पत्ति आर्जन गरेका छन् ।

अनुसन्धानबाट २०५३ सालदेखि २०८१ सालसम्मको अवधिमा यादवले वैध रूपमा जम्मा ९ करोड ३ लाख रुपैयाँ मात्र आय देखाए पनि सोही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको खर्च र लगानी गरेको पाइएको छ । यसरी आय-व्ययबीच ५ करोड ७९ लाख ६२ हजार रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति फेला परेपछि बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यादवले सम्पत्ति विवरण पेस गर्दा वास्तविक सम्पत्ति लुकाएर झुठा विवरण दिएको प्रमाणसमेत फेला परेको आयोगको दाबी छ । साथै, उनले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी गायत्री यादव र छोराहरू सुधान्सु यादव तथा शुभम यादवका नाममा समेत खरिद गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ ।

आयोगले यादव र उनका परिवारलाई प्रतिवादी बनाई सम्पत्ति जफत गर्नुपर्ने मागसहित भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायसमेत निर्धारण गर्न मागदाबी गरेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ५ : २२ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका