२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण



दाङ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गरेका छन् ।

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका-१० तकसेरा बाछी गाउँकी पुनको भदौ १४ गते शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही दिनअघि पुनले दुईवटा शल्यक्रिया गरेकी थिइन् । पहिलो शल्यक्रियामार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो शल्यक्रियामार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको हो ।

मुख्यमन्त्री आचार्यले पुनको निधनले प्रदेश मात्र नभई समग्र नेपाली समाजलाई गहिरो दुःख भएको उल्लेख गरेका छन् । उनका अनुसार प्रदेशसभा सदस्यको हैसियतमा पुनले समाज परिवर्तन, सुशासन र जनताको आकांक्षा सम्बोधनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

‘उहाँ सधैं दुर्गमका जनताको दुःख-पीडा, माग र अपेक्षालाई उजागर गर्दै न्याय र समानताको पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आउनुभएको थियो । उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आज हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ,’ मुख्यमन्त्री आचार्यद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

उनले पुनको असामयिक निधनलाई लुम्बिनी प्रदेशले गुमाएको एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधिको रूपमा स्मरण गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : ११ बजे

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच