५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण



दाङ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गरेका छन् ।

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका-१० तकसेरा बाछी गाउँकी पुनको भदौ १४ गते शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही दिनअघि पुनले दुईवटा शल्यक्रिया गरेकी थिइन् । पहिलो शल्यक्रियामार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो शल्यक्रियामार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको हो ।

मुख्यमन्त्री आचार्यले पुनको निधनले प्रदेश मात्र नभई समग्र नेपाली समाजलाई गहिरो दुःख भएको उल्लेख गरेका छन् । उनका अनुसार प्रदेशसभा सदस्यको हैसियतमा पुनले समाज परिवर्तन, सुशासन र जनताको आकांक्षा सम्बोधनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

‘उहाँ सधैं दुर्गमका जनताको दुःख-पीडा, माग र अपेक्षालाई उजागर गर्दै न्याय र समानताको पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आउनुभएको थियो । उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आज हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ,’ मुख्यमन्त्री आचार्यद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

उनले पुनको असामयिक निधनलाई लुम्बिनी प्रदेशले गुमाएको एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधिको रूपमा स्मरण गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : ११ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही