१९ माघ २०८२, सोमबार | February 2, 2026

रुपन्देही-३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर-३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । पार्टी सचिवालयको निर्णयअनुसार ९ जना आकांक्षीमध्ये थापा चयन भएका हुन् ।

उपनिर्वाचनमा उम्मेदवारीका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।

आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन भोटिङमार्फत प्राइमरी इलेक्सन गरेको थियो। सो मतदानमा सबैभन्दा बढी मत प्राप्त गर्ने डा. थापा उम्मेदवारका रूपमा घोषित भएका हुन् ।

डा. थापा एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका वरिष्ठ न्युरोलोजिस्ट हुन्। हाल उनी महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभागका प्रमुखका रूपमा कार्यरत छन्। साथै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : ४२ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका