बुटवल । रूपन्देही क्षेत्र नं. ३ मा हुन लागिरहेको उपनिर्वाचनका लागि जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीको उम्मेदवारीबारे जानकारी दिएका हुन् ।
हालै मात्र जनमतमा प्रवेश गरेका चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट उम्मेदवार बनेका थिए ।
चौधरी सियारी गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।


















प्रतिक्रिया