२६ बैशाख २०८३, शनिबार | May 9, 2026

वर्तमान सरकारलाई कामचलाउ करार दिन माग गरिएको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने



काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक विषय भएकाले पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश गरेको हो ।

“निवेदनमा उठाइएको विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा प्रस्तुत निवेदनको पूर्ण सुनुवाइ भई छिटो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत निवेदनमा सबै विपक्षीहरुबाट लिखित जवाफ परेको वा पर्ने अवधि भुक्तान भएको सात दिनभित्र निवेदनको सुनुवाइलाई अग्राधिकार दिई सोअगावै देहायका कार्यहरू सम्पन्न गर्नु”, आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनमा नेपालको संविधानको धारा १००९२० को व्याख्याको जटिल संवैधानिक प्रश्न समावेश भएको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३९२० ग बमोजिम पूर्ण इजलासमा पेस गर्नु ।”

अदालतले वर्तमान सरकार गठन हुँदाको २०८१ असार ३१ मा गठन हुँदाका बखत पेस भएको दलहरूको समर्थन पत्र राष्ट्रपति कार्यालयबाट झिकाउन भनेको छ । आदेशमा २०८१ साउन ६ गते वर्तमान सरकारलाई विश्वासको मत दिने राजीतिक दलहरूपिच्छेको मतसङ्ख्या देखिने विवरण सङ्घीय संसद् सचिवालयबाट झिकाउन भनिएको छ ।

अदालतले २०८१ साउन ६ मा वर्तमान सरकारलाई विश्वासको मत दिने सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (अशोक राई) र समाजवादी पाटी (उपेन्द्र यादव) बाट भएको निर्णयसम्बन्धी राजनीतिक दलको कार्यालयबाट कागजात झिकाउन भनिएको छ ।

अधिवक्ता वीरेन्द्र केसीले जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेमा नलिएको उल्लेख गर्दै गत सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ९ : १० बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु