१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’



बेनी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ ।

हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् ।

वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ । यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ । डढेलोको कारण यो दुर्लभ प्रजाति मासिँदै गएकामा उनी चिन्तित छन् । अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन् । तिनको संरक्षणमा सम्बद्ध निकाय संवेदनशील हुनुपर्नेमा उनको जोड छ ।

 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ७ : २३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा