बुटवल । रुपन्देही प्रहरीले लागु औषधको कारोबारेलाई पछ्याउनेक्रममा भकारीमा लेकाइएको १० लाख बढी रकम सहित बिभिन्न प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
रुपन्देही रोहिणी गाउपालिका वडा नं. ६ ललितपुर पकडिहवा स्थितमा लागु औषध कारोबार हुदै छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्लाको रोहिणी गाउपालिका वडा नं. ६ ललितपुर पकडिहवाका ३५ वर्षिय ईरसाद प्रवेजको घरबाट भकारीमा लुकाई राखिएको १० लाख २० हजार रकम बरामद भएको हो । त्यसअघि प्रवेजलाई ओमसतिया गाउँपालिका वडा नं. ४ पननीबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा फेलापारी चेकजाँच गर्दा मोटरसाइकलको बायाँ तर्फको लेगार्डमा कालो प्लास्टिकमा बेरी राखेको डाइजोपाम इन्जेक्सन ९८ एम्पुल, बुप्रेनोफिन इन्जेक्सन ९६ एम्पुल, प्रोमेथाजिन इन्जेक्सन ९९ एम्पुल गरी जम्मा २९३ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस लगत्तै प्रवेजको घरमा गईखानतलासी गर्दा निज सुत्ने कोठामा रहेको गहुँ राख्ने टिनको भकारीमा कालो रङको प्लाष्टिकमा बेरी लुकाई छिपाई राखिएको रकम सहित स्पास्मो जस्तो देखिने क्याप्सुल २६० पिस लागु औषध, मोटरसाईकल थान-१, ओप्पो मोबाइल थान-१ बरामद भएको प्रहरीले जानकारी दिएको छ
त्यसैगरि प्रहरीले कोटहीमाईगाँउपलिका वडा नं. ५ घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवा डेर लिइ बस्ने २६ वर्षिय ईर्फान अन्सारीको डेराबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ७३० मिलिग्राम बरामद गरी अन्सारीलाई नियन्त्रणमा लिएको रुपन्द्येही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १ बन्दरगाहामा चेकजाँच गर्ने क्रम सिद्धार्थनगरनगरपालिका वडा नं. १ बाइपास बस्ने २६ वर्षिय प्रेमलाल यादवको साथबाट १ ग्राम ०३ मिलि ग्राम ब्राउन सुगर लागुऔषध सहित लु.प्र.०१-००१ प १३५१ नम्बरको मोटरसाइकल, र केही थान मोबाईलबरामद गरी थप आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया