२१ माघ २०८२, बुधबार | February 4, 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा जारी छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थायी समितिले गरेको निर्णयको कार्यान्वयनलगायत एजेन्डामाथि छलफल भइरहेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

यसअघि स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयनबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ ३ गते बैठक बोलाएका थिए । तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान थालेपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो ।

त्यसपछिका भदौ ६ र ८ गतेका लागि तय गरिएका बैठकहरू पनि प्रचण्डले कार्यव्यस्ततालाई कारण देखाउँदै स्थगित गरेका थिए । गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्र रहेका गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १ : ३५ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास