१८ चैत्र २०८२, बुधबार | April 1, 2026

शिक्षामा लगानीका कारण बुटवल शैक्षिक हबको रूपमा विकास भएको छ : नगर प्रमुख पाण्डेय



बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पछिल्लो समय शिक्षामा गरिएको ठूलो लगानीका कारण बुटवल शैक्षिक हबको रूपमा विकास भएको बताएका छन् ।

बिहीबार बुटवल-११ देबिनगरस्थित नवीन औद्योगिक कद्दरबहादुर रीता माध्यमिक विद्यालयमा निर्माणाधीन नयाँ भवनको शिलान्यास गर्दै नगर प्रमुख पाण्डेयले शैक्षिक क्षेत्रमा देखिएको प्रगतिबारे प्रष्ट पारे । उनले भने, “गुणस्तरीय शिक्षा र सीपमूलक तालिमसहितको शैक्षिक वातावरण निर्माणमा बुटवलले अग्रता लिएको छ । यसकै परिणामस्वरूप यहाँका विद्यालयहरू विद्यार्थीको पहिलो रोजाइमा परेका छन् ।”

उनका अनुसार सीप र संस्कारसहितको गुणस्तरीय शिक्षा बुटवल उपमहानगरको मुलमन्त्र बनेको छ । “हामीले शिक्षालाई प्रविधि र सीपसँग जोडेर लैजाने नीति लिएका छौं । नेपालमै पहिलोपटक बुटवलले विद्यार्थीलाई ‘ओन द जब ट्रेनिङ’ (OJT) मा सहभागी गराउने योजना अघि सारेको छ, जसले विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप दुवै दिनेछ,” पाण्डेयले थपे ।

नगर प्रमुख पाण्डेयले यसअघि पनि विभिन्न कार्यक्रममा शिक्षामा लगानीलाई बुटवलको दीर्घकालीन प्राथमिकता रहेको बताएका थिए । उनका अनुसार बुटवललाई शैक्षिक राजधानीको रूपमा स्थापित गर्न नगरपालिकाले सामुदायिक विद्यालयमा आधारभूत पूर्वाधार, प्राविधिक शिक्षा र मानव संसाधन विकासमा निरन्तर ध्यान दिइरहेको छ ।

कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले शिक्षामा लगानी बढाइएका कारण बाहिरी जिल्लाका विद्यार्थी पनि बुटवलमा अध्ययन गर्न आउने गरेको उल्लेख गरे । “गुणस्तरीय शिक्षा दिन सफल भएकै कारण सामुदायिक विद्यालयमा पनि भर्ना लिन समस्या हुने अवस्था आएको छ,” उनले बताए ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले पर्याप्त कक्षाकोठाको अभावले विद्यार्थी भर्ना गर्न समस्या हुने गरेको भन्दै नयाँ भवन बनेपछि शिक्षण-अधिगम प्रक्रिया थप सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

नवीन औद्योगिक कद्दरबहादुर रीता माध्यमिक विद्यालय बुटवलकै पुराना विद्यालयमध्ये एक हो । यस विद्यालयमा पछिल्लो समय प्राविधिक शिक्षा, विज्ञानतर्फको कक्षा, र अतिरिक्त गतिविधि सशक्त बनाउन स्थानीय तहको विशेष पहल हुँदै आएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ५ : २१ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा