९ माघ २०८२, शुक्रबार | January 23, 2026

बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका ४४ वर्षीय माधव पण्डितलाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्दै आएका पण्डितलाई प्रहरीले साउन १८ गते काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट पक्राउ गरेको हो।

पण्डितविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा अनिल श्रेष्ठले जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका आधारमा सकुशल सप्लायर्स प्रालिका सञ्चालक पण्डितविरूद्ध मुद्दा दर्ता भएको थियो।

उनले बैंकिङ कसुरमार्फत् ८० लाख बराबरको बिगो पुर्‍याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका पण्डितलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पण्डितलाई कानुनी प्रक्रिया अनुसार मुद्दा अगाडि बढाइने छ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ८ : २० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा