३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका ४४ वर्षीय माधव पण्डितलाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्दै आएका पण्डितलाई प्रहरीले साउन १८ गते काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट पक्राउ गरेको हो।

पण्डितविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा अनिल श्रेष्ठले जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका आधारमा सकुशल सप्लायर्स प्रालिका सञ्चालक पण्डितविरूद्ध मुद्दा दर्ता भएको थियो।

उनले बैंकिङ कसुरमार्फत् ८० लाख बराबरको बिगो पुर्‍याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका पण्डितलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पण्डितलाई कानुनी प्रक्रिया अनुसार मुद्दा अगाडि बढाइने छ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ८ : २० बजे

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक