१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

“साना व्यवसायीको हितमा उपमहानगर सधैं साथमा रहन्छ” – नगर प्रमुख पाण्डेय



बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले स-साना व्यवसायीहरूको हितका लागि उपमहानगर जहिले पनि साथमा रहेको बताए । उनले अवैध रुपमा व्यवसाय गर्ने छुट कसैलाई नहुने उल्लेख गर्दै, व्यवसायीको समस्या समाधानका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको बताए । “नियमित अनुगमन भइरहेको छ, आफ्ना समस्या र योजनासहित उपमहानगरमा आउनुहोस्,” उनले व्यवसायीहरूलाई आग्रह गरे ।

संघका अध्यक्ष महेन्द्रप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायीहरूको हकहित र समस्या समाधानका लागि संघ निरन्तर सक्रिय रहेको बताए । संघका सल्लाहकार कृष्णप्रसाद पाण्डेले खुला सिमाना, दर्ता तथा अनुमति बिना सञ्चालन हुने हाटबजार, मेला-महोत्सव र ठेलामा हुने बिक्रीले खुद्रा किराना व्यवसायीलाई चुनौती सिर्जना गरेको बताए । उनले म्याद गुज्रिएका तथा अखाद्य वस्तु हाटबजारमा खुलमखुल्ला बिक्री भइरहेको भन्दै सरकारी संयन्त्रले अनुगमनमा कडाइ नगर्दा व्यवसायी समस्यामा परेको उल्लेख गरे ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनाल, लुम्बिनी फलफुल तथा तरकारी थोक विक्रेता संघका अध्यक्ष बाबुराम भुसाल, हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हुमाराम पोखरेल, देउराली उपभोक्ता सहकारीका अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, यशियन थाइ फुड्सका लुम्बिनी प्रदेश प्रमुख दीपक बास्तोला, संघका द्वितीय उपाध्यक्ष गोपालकुमार प्रधानलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा महासचिव दधि ज्ञवालीको सञ्चालनमा सचिव यमलाल बेल्बासेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टिकाराम शर्मा पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक खिमराज पाण्डेको प्रतिवेदन पारित गरिएको थियो ।

सोही अवसरमा संघका उत्कृष्ट सदस्य, पत्रकार तथा एसईई र प्लस टुमा उत्कृष्ट नतिजा ल्याएका सदस्यका सन्तानलाई सम्मान गरिएको थियो । हाल संघमा करिब १ हजार २५० व्यवसायी आवद्ध छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ५ : १७ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा