१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जितगढी किल्लामा पुगेर क्यानन माविका विद्यार्थीले गरे अध्ययन



बुटवल । सामान्यतया विद्यार्थीहरू कक्षाकोठामै अध्ययन गर्छन् । तर, शुक्रबार बुटवलस्थित क्यानन मावि कक्षा १० का विद्यार्थीहरूले अंग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक स्थल जितगढी किल्लामा पुगेर अध्ययन गरेका छन् ।

सामाजिक अध्ययन विषय अन्तर्गत परियोजना कार्यका लागि विद्यार्थीहरूले जितगढीको ऐतिहासिक महत्वबारे स्थलगत अवलोकन गर्दै जानकारी लिएका हुन् । भ्रमणका क्रममा विद्यार्थीहरूले नेपालले अंग्रेज फौजलाई हराएको ऐतिहासिक पृष्ठभूमि, नेपालीहरूको वीरता तथा अत्याधुनिक हतियार भएको अंग्रेज सेनालाई परास्त गर्न सकिएको कारणबारे अध्ययन गरेका थिए ।

उक्त अवसरमा बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले जितगढी किल्ला राष्ट्रियताको प्रतीकका रूपमा रहेको उल्लेख गर्दै यसको महत्व बुझ्न विद्यार्थीहरूको भ्रमण सकारात्मक रहेको बताए । उनले कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले भाल, खुकुरी, तोप जस्ता घरेलु हतियार प्रयोग गरेर अंग्रेज सेनालाई परास्त गरेको तथ्य स्मरण गराए । बस्नेतका अनुसार नेपालीहरूको युद्धकौशलले नेपालको भूमि रक्षा भएको हो ।

विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक र प्रयोगात्मक बनाउन स्थलगत निरीक्षण गराइएको बताए । भ्रमणका क्रममा विद्यार्थीहरूले ग्रेटर नेपालको नक्सा, युद्ध संग्रहालय तथा युद्धस्थल अवलोकन गरेका थिए ।

इतिहासअनुसार, बि।सं। १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अंग्रेज फौजलाई जितगढी किल्लामा परास्त गरेको थियो ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ५ : २२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा