७ पुस २०८२, सोमबार | December 22, 2025

लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति



कैलाली । यहाँ जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ ।

आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका-१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।

लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ८ : ५७ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका