काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बिहान ९ बजे बैठक सुरु हुने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकका लागि समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । तर, यसपटकको बैठकमा छलफल हुने एजेन्डा कांग्रेसले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालको राजनीतिक परिस्थिति, पार्टीभित्रका गतिविधि तथा निकट भविष्यमा गर्ने कार्यक्रमबारे रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया