२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

लमजुङ कृषि क्याम्पसको समस्या समाधानमा पहल लिने प्रचण्डको प्रतिबद्धता



लमजुङ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार लम्जुङ कृषि क्याम्पसको अवलोकन गरेको छ ।

त्यसक्रममा क्याम्पस प्रमुख रामकुमार श्रेष्ठले अध्यक्ष प्रचण्ड सहितको टोलीलाई क्याम्पसबारे जानकारी गराउँदै यस संस्थानलाई मध्यपहाडी क्षेत्रकै स्रोत केन्द्र र कृषि अनुसन्धानको प्रमुख आधारका रूपमा विकास गर्न सकिने बताए । उनले भौतिक संरचना अभाव, जनशक्ति कमी र प्रयोगशालाको सीमितताजस्ता समस्या क्याम्पसले व्यहोर्दै आएको जानकारी गराए ।

अध्यक्ष प्रचण्डले कृषि विद्यार्थीको हैसियतले पनि क्याम्पसप्रति आफ्नो विशेष चासो रहेको बताउँदै यहाँको सम्भावना निकै ठूलो भएको उल्लेख गरे । उनले क्याम्पसलाई मध्यपहाडी क्षेत्रकै कृषि अनुसन्धान र कृषकहरूको सहयोगी केन्द्र बनाउन सकिने प्रस्ट पार्दै पार्टीतर्फबाट समस्या समाधानमा सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले मध्यपहाडी लोकमार्ग र क्याम्पसका बीच रहेको समस्या समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने पनि अध्यक्ष प्रचण्डले विश्वास दिलाए ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  १० : ३३ बजे

जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल,३ उद्योगले अझै तिरेनन् किस्ता

काठमाडौँ । लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत्

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान