३१ श्रावण २०८३, आइतबार | August 16, 2026

लमजुङ कृषि क्याम्पसको समस्या समाधानमा पहल लिने प्रचण्डको प्रतिबद्धता



लमजुङ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार लम्जुङ कृषि क्याम्पसको अवलोकन गरेको छ ।

त्यसक्रममा क्याम्पस प्रमुख रामकुमार श्रेष्ठले अध्यक्ष प्रचण्ड सहितको टोलीलाई क्याम्पसबारे जानकारी गराउँदै यस संस्थानलाई मध्यपहाडी क्षेत्रकै स्रोत केन्द्र र कृषि अनुसन्धानको प्रमुख आधारका रूपमा विकास गर्न सकिने बताए । उनले भौतिक संरचना अभाव, जनशक्ति कमी र प्रयोगशालाको सीमितताजस्ता समस्या क्याम्पसले व्यहोर्दै आएको जानकारी गराए ।

अध्यक्ष प्रचण्डले कृषि विद्यार्थीको हैसियतले पनि क्याम्पसप्रति आफ्नो विशेष चासो रहेको बताउँदै यहाँको सम्भावना निकै ठूलो भएको उल्लेख गरे । उनले क्याम्पसलाई मध्यपहाडी क्षेत्रकै कृषि अनुसन्धान र कृषकहरूको सहयोगी केन्द्र बनाउन सकिने प्रस्ट पार्दै पार्टीतर्फबाट समस्या समाधानमा सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले मध्यपहाडी लोकमार्ग र क्याम्पसका बीच रहेको समस्या समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने पनि अध्यक्ष प्रचण्डले विश्वास दिलाए ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  १० : ३३ बजे

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन